free website hit counter

कच्चा तेलको मूल्यमा ऐतिहासिक गिरावट

beemaadmin
२०७७ बैशाख ९, मंगलवार

एजेन्सी । अमेरिकी कच्चा तेलको मूल्य इतिहासमा पहिलोपटक ऋणात्मक भएको छ। यो तेलको मूल्यमा देखिएको गिरावटको सबैभन्दा तल्लो स्तर हो। कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम भएकाले तेलको मूल्यमा एतिहासिक रुपमा भारी गिरावट आएको हो । लकडाउनका कारण विश्वभरका मानिसहरु घरभित्रै सीमित भएका छन्। तेलको मागमा कमीको यो सबैभन्दा ठूलो र प्रमुख कारण हो।
अन्तरराष्ट्रिय बजारमा मूल्य घट्ने बित्तिकै नेपालमा तेलको मूल्य घट्दैन। तर, तेलको मूल्य घट्दो क्रममा रहेका कारण नेपालको अर्थतन्त्रमा भने सकारात्मक प्रभाव पर्ने जानकारहरु बताउँछन्। हाम्रो आपूर्तिमा प्रमुख हिस्सा ओगटेको तेलको मूल्य घटेसँगै आयात बापत तिर्नुपर्ने रकम कम हुने उनीहरु बताउँछन्। यसले मुद्रास्फीतिलाई सीमाभित्र राख्न टेवा पुग्नेछ। यसले आगामी दिनमा आउने विप्रेषणलाई भने अप्रत्यक्ष नकारात्मक असर गर्ने उनीहरु बताउँछन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार