free website hit counter

कभर्ड हलमा च्यापिए आठ जना कामदार

beemaadmin
२०७७ श्रावण १९, सोमबार

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकले फेरि अर्को प्राकृतिक विपत्ति भोगेको छ । गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना कामदार बेपत्ता भएका छन्।

कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिएका छन्।

बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । पहिरो राति २ बजे गएको थियो। निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो। फाइल तस्बिर

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार