free website hit counter

कर्मचारीको काम कारबाहीले मात्र बीमा क्षेत्रको पारदर्शीता बढाउन सकिन्छ

beemaadmin
२०८२ असार ३२, बुधबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले बीमा क्षेत्रको सुधार र व्यवसायीय नियमन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्को व्यवस्था नहुँदासम्मका लागि अध्यक्ष बनेका अर्थमन्त्रालयका सह सचिव पोखरेलले यस्तो निर्देशन दिएका हुन् । नेपाल बीमा प्राधिकरणमा आयोजित पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, नेतृत्व परिवर्त हुने वित्तिक्कै कर्मचारीहरुले डराउने अवस्था हुदैन् । कर्मचारीको काम कारबाहीले मात्र बीमा क्षेत्रको पारदर्शीता बढाउन सकिन्छ । त्यसैले उत्कृष्ट कार्य गनुहोस् । मेरो र अर्थमन्त्रालयबाट आवश्यक गर्नुपर्ने काम म गर्छु । हामी भन्दा नीजि क्षेत्र धेरै अगाडी गएको छ । उनीहरुसँग प्रतिस्पर्धा गर्नको लागि पनि हामीहरुले बलियो हुनुपर्दछ । आफुलाई नियमन निकायका रुपले प्रस्तुत गर्नुस्, उनले भने, कर्मचारीहरुबीचको सम्बन्ध समधुर बनाएर अघि बढ्नु होला । ग्रुप बनाएर एक अर्काका कुरा नकाटी ३७ वटा कम्पनीको काम कारबाही गर्दा सक्षम रुपले गर्नुहोस् । नियामकको रुपले उभिन्नुस् । बीमा क्षेत्रलाई थप पारदर्शीता, सहज र सरल बनाउनु बीमा प्राधिकरणको जिम्मेवारी रहेको छ । बीमा नियमावलीको पूर्ण रुपमा कार्यन्वयन गर्नुपर्छ, उनले भने । अध्यक्ष पोखरेलले बीमा नियमनको लागि सम्पूर्ण कम्पनीहरुको अनुगमनलाई प्रभावकारी बनाउने कुरामा जोड दिएका छन् । उनले नेपाल राष्ट्र बैंकको प्रभावकारी अनुगमनको उदाहरण दिदै बीमा कम्पनीको अनुगमनलाई तीब्रता दिएर बीमा क्षेत्रलाई सुदृढ बनाउने उद्देश्य रहेको बताए । नयाँ आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई पूर्ण रुपमा लागु गर्ने प्रतिवद्दता जनाएका छन् । उनले बीमा क्षेत्रका सम्भावित काम कारबाही अनलाईन मार्फत गर्नको लागि आवश्यक संरचना बनाउने र कार्यान्वयन गर्ने बताएका छन् ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार