free website hit counter

कर्मचारीको शैक्षिक प्रमाणपत्र चेक गर्दै बीमा समिति

beemaadmin
२०७८ माघ २१, शुक्रबार

काठमाडौं । नियामक निकाय बीमा समितिले बीमा क्षेत्रका सबैतिर नजर पु¥याउन थालेको छ । सबै बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आफ्ना कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र चेकजाँच गर्न भनेको छ । बीमा कम्पनीहरूमा नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीहरु भेटिन थालेपछि समितिले सबै कर्मचारीको त्यस्तो प्रमाणपत्र आफूलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
जीवन बीमक संघका उपाध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले समितिले सबै कम्पनीहरूलाई आफ्ना कर्मचारीको शैक्षिक योग्यता खुलाउन निर्देशन दिएको जानकारी दिए ।
बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले बीमा कम्पनीहरुमा काम गर्ने कतिपय कर्मचारीको शैक्षिक प्रमाण पत्र नक्कली रहेको भनेर उजूरीहरु प्राप्त भएकोले वास्तविकता के हो ? भनेर जान्नका लागि निर्देशन दिएको बताए । उनले नक्कली प्रमाण पत्र लिएर बीमा क्षेत्रमा कसैले काम गरे त्यो गैरकानुनी हुने र त्यस्ता गतिविधि गर्नेलाई कारबाही गर्ने बताए । हालसम्म बीमा क्षेत्रमा अनुभवका आधारमा काम गर्ने हो कि शैक्षिक योग्यताका आधारमा काम गर्ने भन्ने एक किसिमको अन्यौलता रहँदै आएको छ ।
नियामक बीमा समितिले भने बीमा क्षेत्रमा जोकोहीले नक्कली प्रमाण पत्रको आधारमा जागिर खाईरहेको भए पनि आफूहरूले खोजी गर्ने र कारबाहीको दायरामा ल्याउने जनाएको छ । कतिपय बीमा कम्पनीका सीईओकै शैक्षिक प्रमाणपत्रसमेत नक्कली रहेको चर्चा हुने गरेको छ । तर अहिलेसम्म पुष्टि भने भइसकेको छैन् ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार