free website hit counter

कर्मचारी सञ्चयकोषद्वारा ब्याज छुटको घोषणा

beemaadmin
२०७६ चैत्र २९, शनिबार

काठमाडौं । कोरोना संक्रण रोक्न मुलुक लकडाउनमा जाँदा सबै व्यापार व्यवसाय प्रभावित भएको छ । त्यति मात्रै होइन कोरोनाले विश्व अर्थतन्त्रलाई प्रभावित पारेको छ । यही बेला कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई प्रदान गरिएको घर सापटी, घर मर्मत, शैक्षिक र सरल कर्जाको ब्याज तिर्ने समय बढाउनुका साथै ब्याजमा तोकिएको छुट दिने घोषणा गरेको छ। कोभिड–१९ को सङ्क्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्ने सम्बन्धमा कोषले सञ्चयकर्तालाई चैतदेखि असार मसान्तसम्मको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको आज जानकारी दिएको छ। त्यस्तो सापटीको असार मसान्तसम्मको ब्याज बुझाउने अवधि साउन मसान्तसम्म कायम गरिएको कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोषले नियमित सञ्चयकोष कट्टा गरिरहेका सञ्चयकर्ताको कोभिड–२०१९ को सङ्क्रमणबाट मृत्यु भएमा त्यसलाई दुर्घटना मानी क्षतिपूर्तिबापत दुई लाख हकवालालाई प्रदान गर्ने निर्णय पनि गरेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार