free website hit counter

काठमाडौंमा कोरोना संक्रमित भेटियो

beemaadmin
२०७६ चैत्र १०, सोमबार

काठमाडौं । काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएका नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । १९ वर्षीय एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको मन्त्री ढकालले जानकारी दिए । उनीसँगै जहाजमा आएकाहरुको खोजी भइरहेको पनि मन्त्री ढकालले बताए । यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी भने उपचारपछि स्वस्थ भइसकेका छन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार