free website hit counter

काठमाडौं कुन कुन अस्पतालमा छन् कोरोनाका जटिल विरामी

beemaadmin
२०७७ आश्विन १०, शनिबार

काठमाडौं । सामान्य अवस्थामा कोरोना आइसोलेसनमै ठिक हुन्छ तर जब अवस्था जटिल बन्दै जान्छ तब आइसीयु हुँदै भ्यान्टिलेटरको आवश्यकता पर्ने हुन्छ । काठमाडौं उपत्यकामा १ सय ६९ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचाररत गराइरहेका छन्। उपत्यकाका २२ वटा अस्पतालमा १ सय ३५ जना आइसियु र ३४ जना भेन्टिलेटरमा गरी १ सय ६९ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ७ सय २८ जना संक्रमितको विभिन्न अस्पतालमा भर्ना उपचार भइरहेको छ।
२२ अस्पतालमध्ये नेपाल प्रहरीमा मात्र ३ सय ४८ जना संक्रमित छन्। नेपाल प्रहरी अस्पतालपछि इचंगु नारायण आइसोलेसन सेन्टर रानीवनमा सबैभन्दा धेरै ३ सय २२ जना संक्रमित उपचाररत छन्। सशस्त्र अस्पतालमा १ सय ९ आइसोलेसन, २० आइसियु र ४ जना भेन्टिलेटरमा गरी १ सय ३३, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा १ सय १३ जना आइसोलेसनमा छन्। वीर अस्पतालमा ९२ आइसोलेसन, ८ आइसियु र १ भेन्टिलेटरमा गरी १ सय १, त्रिवि शिक्षण अस्पतालमा ८० आइसोलेसन, २१ आइसियुमा र १ भेन्टिलेटरमा गरी १ सय २ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा ८६ आइसोलेसनमा, १२ आइसियु र ४ जना भेन्टिलेटरमा गरी १ सय २ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, महेश मनमोहन अस्पताल दहचोकमा ६६, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा १९ आइसोलेसन, १२ आइसियु र ४ भेन्टिलेटरमा गरी ३५, काठमाडौं मोडल कलेज दुवाकोटमा २६ आइसोलेसन, १ आइसियु र ३ भेन्टिलेटरमा गरी ३०, धुलिखेल अस्पतालमा २६ आइसोलेन, २ आइसियु र २ जना भेन्टिलेटरमा गरी ३० जना उपचाररत छन्।
श्री वीरेन्द्र अस्पतालमा ७२ आइसोलेसन र १८ आइसियु गरी ९०, भक्तपुर अस्पताल कोभिड उपचार केन्द्रमा १३, खरिपाटी आइसोलेसन सेन्टरमा ४२, स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र काभ्रेमा १, शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपामा ६ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १० आइसोलेसन, ६ आइसियु र ४ भेन्टिलेटरमा गरी २०, मेघा अस्पतालमा ५१ आइसोलेसन, ७ आइसियुमा र १ भेन्टिलेटरमा गरी ६१ जना संक्रमित छन्।
यस्तै, स्टार अस्पताल ललितपुरमा ५ आइसोलेसन, ५ आइसियु र ५ भेन्टिलेटरमा गरी १५ जना, ह्याम्स अस्पतालमा ३० आइसोलेसन, १० आइसियु र ५ भेन्टिलेटरमा गरी ४५, नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ३१ आइसोलेसन, १४ आइसियु र १ भेन्टिलेटरमा गरी ४६, कान्ति बाल अस्पतालमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार