free website hit counter

काठमाडौ‌ं उपत्यकामा पुग्यो २४१६० संक्रमित

beemaadmin
२०७७ आश्विन १४, बुधबार

काठमाडौं । देशभरका संक्रमितको झण्डै आधा हिस्सा ओगटेको राजधानी काठमाडौंमा पछिल्लो दिनमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २४१६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनालाई कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या २४ हजार १ सय ६० पुगेको छ। काठमाडौंमा १९ हजार ५७६, ललितपुरमा २ हजार ३५७ र भक्तपुरमा १ हजार १२७ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५९ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ। २४ घण्टा १ हजार ५७ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ५६ हजार ४२८ जना पुगेको छ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार