free website hit counter

कुमारी बैंकद्वारा धमाधम बीमा दाबी भुक्तानी

beemaadmin
२०७६ फाल्गुन २३, शुक्रबार

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता मार्फत खातावाला, दम्पत्ति तथा २१ वर्षमुनिका दुई बालबालिका समावेश हुनेगरि स्वास्थापोचार बिमा, आकस्मिक दुर्घटना बीमा, शारीरिक अशक्तता बीमा लगायत १८ घातक रोगहरु विरुद्ध बीमा सुविधा प्रदान गरिआएकोमा, विभिन्न ग्राहकहरुले बीमा दाबी भुक्तानी पाउने क्रम बढ्दो छ ।
हालसम्म ६१ बीमा दाबी भुक्तानीहरु ग्राहकले प्राप्त गरिसकेका छन् । हालसम्म, परिवार सुरक्षा बचत खाता मार्फत बीमीत ग्राहकहरुले १,३५५,१८३ बराबरको दाबी रकम प्राप्त गरिसकेका छन् । यीमध्ये धेरैजसो औषधोपचार बीमा दाबीहरू रहेको भनाई बैंकको छ । उक्त बिमा भुक्तानी बैंकले अजोड इन्स्योरेन्सको सहकार्यमा गरेको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार