free website hit counter

कुमारी बैंकद्वारा विद्यालयलाई सहयोग

beemaadmin
२०७६ कार्तिक २८, बिहीबार

 

काठमाडौं । बैकिङ क्षेत्रको विस्तारसँगै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कुमारी बैंकले ललितपुरको लामाटारस्थित श्री ज्ञान ज्योति आधारभूत विद्यालयमा विपन्नवर्गका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने उद्देश्यले एक लाख बराबरका शैक्षिक सामाग्री, न्यानो ट्रयाक सुट, टिफिन बक्स तथा स्कुल ब्यागहरू हस्तान्तरण गरेको छ । गुणस्तरीय शिक्षामा टेवा पुर्याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीलाई एक लाख बराबरको चेक हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण समारोहमा महालक्ष्मी नपा–९ का अध्यक्ष वासुदेव गौतम, कुमारी बैंकका कर्मचारीहरु, विद्यालयका कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता थियो ।

Advertisement
Advertisement

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले स्वास्थ्य, शिक्षा, वातावरण तथा सम्पदालगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार