free website hit counter

कुरियर सेवा सघंको २६ औँ कुरियर डे सम्पन्न

beemaadmin
२०७७ भाद्र २७, शनिबार

कुरियर व्यवसायीहरूको छाता सगंढन नेपाल कुरियर सेवासघं (कोसान) ले २६औँ कुरियर डे सम्पन्न गरेको छ । गत आ।व मा २५ औँ रजत जयन्ती भव्य रूपमा मनाएको कोसानले यस पटक कोभिड महामारीका कारण प्रविधि प्रयोग मार्फत एक आपसमा शुभकामना मात्र व्यक्त गरिएको जनाइएको छ ।

कोसानका अध्यक्ष गोविन्द ढुङ्गेलसगंको फोन सम्पर्कमा यस क्षेत्रको नियमन तथा व्यवसायीक स्तरीकरणका लागि गत आवमा सरकारले हुलाक सेवा प्राधिकरण गढ्न गर्ने जनाएकोमा हालसम्म कार्यान्वयन नभएकोले दुःख व्यक्त गरेका छन् ।

Advertisement
Advertisement

वाणिज्यका सहयोगी कुरियर सेवा लकडाउन त्यस्तै निषेधाज्ञामा सरकारबाट यस क्षेत्रलाई अत्यावश्यक सेवा अन्तर्गत सुचीकृत गरिए पनि तालुक मन्त्रालय नहुँदा आवश्यक समन्वय हुन सकेन । यसबाट कुरियरले प्रयोग गर्ने सवारी साधन सञ्चालनमा अवरोध उत्पन्न भएको छ । नागरिकलाई आवश्यक पर्ने औषधि , औद्योगिक कच्चा पदार्थ तथा तैयारी उपभोग्य सामान समयमै बजार सम्म पुग्न नसक्दा उपभोक्ताले हैरानी खेप्न परेको उनले बताएका छन् । यस तर्फका समस्याका बारेमा वाणिज्य तथा अर्थ मन्त्रालय लगायतका सरकारी निकायमा पटक–पटक यस अघि गरिएका ध्यानाकर्षणमा सुनुवाइ नभएकोले शीघ्र समाधानका लागि उनले जोडदार माग गरेका छन् ।

Advertisement
Advertisement

नेपालका ७७ वटै जिल्लामा हालको कढिन परिस्थितिमा समेत अनवरत सेवा उपल्वध गराउन कोसान सफल हुँदै आएको छ । गत आ।व मा कुरियर सेवाले करिब ५ अर्वको कारोबार गर्न सफल भएको थियो । चांलु आ व मा त्यो व्यवसाय मात्र २ अर्वमा खुम्चिन पुगेको जनाएको छ । यसको बावजुत यसतर्फ आश्रित करिब ५ हजार व्यक्तिलाई आसिक तलब दिई हाल सम्म रोजगार उपल्वध गराउन सफल भएको जनाइएको छ ।

सम्बन्धित समाचार