free website hit counter

कुवेतको लुलु एक्सचेन्जबाट पठाएको पैसा ‘मेगा रेमीट’ बाट पाइने

beemaadmin
२०७७ माघ १३, मंगलवार

काठमाडौं । कुवेतमा ‘मेगा रेमीट’ सँग मेगा बैंक नेपालले सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनीबीच सोमबार रेमीट्यान्स कारोबारखसम्बन्धी सम्झौता भएको हो । लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकले जनाएको छ ।
लुलु एक्सचेन्जका २२ वटा शाखाबाट नेपालीहरुले नेपालको मेगा रेमीटमा रकम पठाउन सक्नेछन् । यसका साथै लुलु एक्सचेन्जको मोबाइल एपमार्फत पनि नेपालीहरुले रकम पठाउन सक्ने मेगा बैंकले जनाएको छ । नेपालीहरुले कुवेतबाट पठाएको रकम मेगा बैंकका शाखा र मेगा बैंकका देशभर छरिएका ३२ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ । मेगा बैंकले यसअघि नै कुवेतकै अल मुल्ला एक्सचेन्जबाट पनि रकम पठाउने व्यवस्था मिलाइसकेको छ ।

सम्बन्धित समाचार