free website hit counter

कोरोनाका कारण रियल म्याड्रिडका पूर्व अध्यक्षको मृत्यु

beemaadmin
२०७६ चैत्र ९, आईतवार

एजेन्सी । रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ७६ वर्षको उमेरमा कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । लोरेन्जोका छोरा फर्नान्डो सान्जले शनिबार आफ्ना बाबुको निधन भएको पुष्टि गरेका छन् । रियल म्याड्रिडले पनि यस विषयमा विज्ञप्ती निकालेको छ । सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए । सान्जकै कार्यकालमा रियलले आफ्नो गुमेको साख उकास्दै आफुलाई फेरि विश्वको ठूलो क्लबका रुपमा स्थापित गरेको थियो । उनकै कार्यकालमा युरोपेली कपको ३२ वर्षे खडेरी अन्त्य गर्दै रियलले १९९८ मा युभेन्टसलाई फाइनलमा हराएर च्याम्पियन्स लिग जितेको थियो । दुई वर्षपछि फेरि अर्को उपाधि आफ्नो नाममा लेखायो । कोभिड–१९ को महामारीले विश्वभर संकट निम्त्याएका बेला स्पेन सर्वाधिक प्रभावित देशमध्येको एक हो । हालसम्म स्पेनमा २५ हजार ४ सय ९६ जना संक्रमित भएका छन् र कुल १३ सय ७८ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार