free website hit counter

कोरोनाको औषधि पत्ता लागेकै हो ?

beemaadmin
२०७७ बैशाख १८, बिहीबार

बिगत केहि महिनादेखि बिभिन्न व्यक्तिहरुले आफुले कोरोनाको औषधि पत्ता लगाएको भनेर मेडियामा बोलिरहेका छन् | यसले आम नागरिकमा भ्रम उत्पन्न भएको छ | औषधि पत्ता लगाएको कसैले भन्दछ भने उसले निम्न लिखित तथ्य आम नागरिकलाई बताउनु पर्ने हुन्छ |
.
१. औषधि पत्ता लगाउने व्यक्तिको योग्यता के हो ?
२. उक्त व्यक्तिले कुन कुन बनस्पति वा रसायन मिलाएर औषधि बनाएको छ ?
३. त्यो बनस्पति वा रसायनमा कुन कुन तत्व हुन्छन ?
४. ती तत्वले कोरोना भाइरसको जिन, प्रोटिन तथा लिपिड कसरी नष्ट गर्छ ?
५. उक्त औषधिको कुन केमिकलले शरीरको भाइरसलाई एक कोषबाट अर्को कोषमा जानबाट रोक्छ ?
६. औषधिको कुन प्रणालीले भाइरसको मल्टिप्लिकेसन रोक्छ ?
७. कुन तत्वले इम्युनिटी पावर कसरी बढाउँछ ?
८. कुन शास्त्र वा अनुसन्धान पेपरमा त्यो औषधिबारे उल्लेख गरिएको छ ?
९. कुन कुन कम्पाउण्ड मिलेर त्यो औषधि पत्ता लाग्यो ?
१०. उक्त औषधि पत्ता लगाउन कुन कुन रिसर्च टुल प्रयोग गरियो ?
११. क्लिनिकल ट्रायल कुन कुन मेथडले गरियो ?
१२. कुन कुन जनावरमा कोभिड भाइरसको सुई लगाएर उपचार गर्दा त्यो औषधिले काम गर्यो ?
१३. क्लिनिकल ट्रायलको फाइन्डिंग के आयो ?
१४. यसका सपोर्टिभ डकुमेन्ट के के छन् ?
१५. अनुसन्धान परिषद, विश्वबिद्यालय, प्रयोगशाला, सम्बन्धित बिभाग तथा रिसर्च सेन्टर लगायत कुन कुन संस्थाबाट अनुसन्धान प्रमाणित भयो ?
..
यी आधारमा यदि कसैले अनुसन्धान गरेर कोरोना संक्रमणको औषधि पत्ता लगायो भने त्यो नेपालमात्र होइन विश्वको लागि ठूलो बरदान हुनेछ | अन्यथा क्षणिक चर्चाको लागि, आत्तिएका नागरिकबाट केहि हजार पैसा असुल्नको लागि तथा आत्मरतिको लागि यस्ता भ्रम छर्नु हुँदैन | आम नागरिक पनि यस्ता भ्रमको पछि लाग्नु हुँदैन |

सम्बन्धित समाचार