free website hit counter

कोरोनाविरुद्ध गण्डकी प्रदेश सरकारको अग्रसरता

beemaadmin
२०७६ चैत्र ८, शनिबार

पोखरा । संघीय सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कदमहरु चालिरहेको बेला प्रदेश सरकारहरु पनि यस कार्यमा अग्रसर देखिएका छन् । गण्डकी, प्रदेश नं. १ र प्रदेश नं. ५ ले कोरोनाका शंकास्पद विरामीहरुको उपचारका लागि आइसोलेसन वार्ड निर्माणदेखि लिएर सुविधासम्पन्न सेवा विस्तारमा आफूलाई अग्रसर बनाएका छन् । त्यस्तै गण्डकी प्रदेश सरकारले सेवा प्रदायक निकाय तथा मन्त्रालयहरुमा आउने सेवाग्राही तथा कर्मचारीहरुको चेकजाँच गर्न प्रत्येक स्थानमा हेल्थ डेक्स निर्माण कार्यलाई प्राथमिकता दिँदै सेवा शुचारु गरेको छ । उक्त कार्यको शुक्रबार प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव किरणराज शर्माले शुरु गर्नुभएको थियो । कोरोना संक्रमण नियन्त्रणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रवेश द्वारमा चेकजाँच, ज्वरो परिक्षण कार्य आरम्भ गरिएको जानकारी सचिव शर्माले दिनुभएको छ । यस्तो अभियानलाई अझ विस्तार गर्दै लैजाने जानकारी दिँदै प्रदेशभित्रका सीडीओ कार्यालय, सुरक्षा निकायका प्रमुखहरु सबैलाई आ–आफ्नो भूमिका निर्वाह गर्न निर्देशन दिइसकिएको र परिस्थितिको विश्लेषण गर्दै थप निर्णय लिन र कदम चाल्न सरकार पछि नपर्ने उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार