free website hit counter

कोरोनाविरुद्ध बीमा समितिले दियो दुई करोड

beemaadmin
२०७६ चैत्र ११, मंगलवार

काठमाडौं । कोरोना विरुद्धको युद्धमा अहिले विश्व समुदाय लागेको छ । नेपाल सरकारले पनि कोरोनाविरुद्ध सक्दो प्रयास गरिरहेको छ । सरकारले १० करोड रकम राखेर कोरोना रोकथाम तथा उपचार कोष स्थानामा गरेकोमा त्यहाँ रकम थपिने क्रम बढ्दो छ । बीमा समितिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि बनाएको रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ करोड रुपैयाँ दिने भएको छ। सोमबार साँझ बसेको समिति संचालक समितिको बैठकले उक्त रकम योगदान गर्ने निर्णय गरेको हो। सरकारले आइतबार ५० करोड रुपैयाँको कोरोना कोष बनाएको थियो। त्यस कोषमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले एक महिनाको तलब दिने निर्णय समेत गरिसकेका छन्। सरकारले स्थापना गरेको कोषमा विभिन्न संघसंस्थाहरुले सहयोग रकम जम्मा गर्न थालेका छन्। इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले कोषको लागि खोलिएको राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा रहेको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न सक्नेछन्।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार