free website hit counter

कोरोना बीमाको भुक्तानी लिन शिखरले बोलायो २६ सय जनालाई

beemaadmin
२०७९ मंसिर १४, बुधबार

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २ हजार ६ सय ३५ जनालाई कोरोना बीमा भुक्तानीका लागि दाबी भुक्तानी लिन बोलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै मंसिर १३ गतेदेखि कम्पनीको प्रधान कार्यालय थापाथली र देशभरको शाखा कार्यालयहरुबाट दाबी भुक्तानीको व्यवस्था मिलाइएको जनाएको छ।कम्पनीले पीसीआर पोजिटिभ भई बीमा दाबी गर्ने मध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखेर दाबी रकमको भुक्तानी सुरु गरिएको जानकारी दिएको छ। कम्पनीका अनुसार दाबी भुक्तानी पाउन ५ हजार २० वटा एकल र पारिवारिक बीमालेख धारक दाबीकर्ता‌मध्ये २ हजार ६३५ दाबीकर्तालाई वितरण गर्न लागिएको हो । शिखरले अरु बीमा बीमितको हकमा भने फेरि सरकारको निर्णअनुसार नै जानकारी गराइने बताएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार