free website hit counter

खेलाडीहरुलाई सूर्यबहादुर थापा प्रतिष्ठानको सम्मान

beemaadmin
२०७६ पुष ३, बिहीबार

काठमाडौं । धनकुटा जिल्लामा जन्मिएर राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बन्न सफल १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीलाई सूर्यबहादुर थापा प्रतिष्ठान नेपालले एक कार्यक्रमको आयोजना गरी सम्मान तथा नगद पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानका अध्यक्ष सुनिल बहादुर थापाले खेलाडीहरुलाई सम्मान तथा नगद पुरस्कार वितरण गर्नुभएको हो । सम्मानित हुनेहरुमा फुटबलतर्फका सुजल श्रेष्ठ, कराते प्रशिक्षक तारा गुरुङ, करातेका अर्का प्रशिक्षक कुशल श्रेष्ठ लगायत अन्य खेलाडीहरुलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको हो । नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ, नेत्रज्योति संघका पूर्व अध्यक्ष डा. तिर्थ मिश्र, अख्तियारका पूर्व आयुक्त वेदप्रकाश शिवाकोटीलगायत धनकुटा जिल्लामा जन्मिइ राष्ट्रिय राजनीति एवं समाजका विभिन्न क्षेत्रमा सेवा पु¥याइरहेका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा खेलाडीहरुलाई सम्मान गरिएको हो । सो कार्यक्रममा महिला समूह समितिले पनि खेलाडीहरुलाई सम्मान गरेको थियो । प्रतिष्ठानले सामाजिक क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार