free website hit counter

गुराँस लघुवित्तले घोषणा गर्‍यो १० प्रतिशत लाभांश

beemaadmin
२०८३ आश्विन २, शुक्रबार

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गर्नुपर्नेछ। साधारण सभाबाट पारित भएपछि मात्रै लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार