free website hit counter

गृहमन्त्री सुधन गुरुङको विवाहमा प्रधानमन्त्री शाह र रवि लामिछाने सहभागी हुने

beemaadmin
२०८३ मंसिर १२, शुक्रबार

काठमाडौं। गृहमन्त्री सुधन गुरुङको विवाह समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहभागी हुने भएका छन्। दुवैले विवाहमा उपस्थित हुने वचन दिएको स्रोतले जनाएको छ।

गुरुङले प्रधानमन्त्री शाह र पार्टी सभापति लामिछानेलाई व्यक्तिगत रूपमा भेटेरै विवाहको निमन्त्रणा दिएका थिए। लामिछानेलाई उनले केही दिनअघि बूढानीलकण्ठस्थित निवासमै पुगेर भेट गरेका थिए।

Advertisement
Advertisement

त्यस्तै, प्रधानमन्त्री शाहसँग पनि बिहीबार राति भेट गरी विवाहको निमन्त्रणा दिएको स्रोतले बताएको छ। दुवैले अन्य कार्यक्रम व्यवस्थापन गरेर भए पनि विवाहमा सहभागी हुने प्रतिबद्धता जनाएको बताइएको छ।

Advertisement
Advertisement

गुरुङले सरकारका अन्य मन्त्रीहरूलाई भने विवाहमा निमन्त्रणा नगर्ने भएका छन्। सुरुमा अन्य मन्त्रीहरूलाई पनि बोलाउने तयारी गरे पनि पछि उनले आफ्नो निर्णय परिवर्तन गरेको स्रोतको भनाइ छ।

गुरुङको आज काठमाडौंमा इन्गेजमेन्ट कार्यक्रम हुँदैछ। धेरै वर्षअघि नै कानुनी रूपमा विवाह गरेका उनी अहिले औपचारिक रूपमा विवाह बन्धनमा बाँधिन लागेका हुन्।

सम्बन्धित समाचार