free website hit counter

ग्रीनलाइफमा परिसक्यो साढे ४ गुणा बढी आवेदन

beemaadmin
२०७७ माघ २५, आईतवार

काठमाडौं । अहिले लगानीको क्षेत्र साँघुरिँदा सर्ब साधारणको ध्यान समेत शेयरतिर तानिएको छ । जुनसुकै आइपीओमा पनि बढी माग आवेदन पर्नेक्रम जारी रहेको छ । ग्रीन लाइफ हाइड्रोपावरले बिक्रीमा ल्याएको आइपीओमा आइतबार साँझसम्ममा साढे ४ गुणा बढी आवेदन परिसकेको छ । जबकि कम्पनीको अवस्था यति धेरै आकर्षिक हुनुपर्ने खालको देखिँदैन । तथापि आइपीओमा लगानी गर्ने सर्वसाधारणको आकर्षण देख्दा अचम्म लाग्दो छ ।

बिक्री प्रबन्धक बिओके क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा आइतबार साँझ ४ः४० बजेसम्ममा ८ लाख ९५ हजार ६३ जना आवेदकबाट १ करोड ४७ लाख ६८ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

Advertisement
Advertisement

यो कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको ४.५४ गुणा धेरै हो। ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

Advertisement
Advertisement

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत माघ २७ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।

सम्बन्धित समाचार