काठमाडौं । ग्लोबल आइएमई बैंकले असार महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेको छ। बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेप दुवैको ब्याजदर जेठ महिनाकै स्तरमा कायम राखेको जनाएको छ।
बैंकका अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.५० प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा अधिकतम ३ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।
बैंकले निक्षेप ब्याजदरमा कुनै परिवर्तन नगरी अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएको हो। हाल बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखिरहेका बेला ग्लोबल आइएमई बैंकले पनि सोही रणनीति अपनाएको देखिन्छ।
यसअनुसार असार महिनामा ग्लोबल आइएमई बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा उपलब्ध हुने अधिकतम ब्याजदर ४.५० प्रतिशत रहनेछ।
ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समितिमा बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन्। बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा उनलाई नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजित विशेष समारोहबीच सञ्चालक समितिमा स्वागत गरेका छन्। भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन तथा विकास व्यवस्थापन क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव रहेको छ। उनी नेपाल सरकारकी पूर्वसचिव समेत हुन्। उनले सिँचाइ मन्त्रालय, नेपाल ट्रष्ट, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेकी छन्।