free website hit counter

ग्लोबल आइएमई र हाथवे फाइनान्सको एकीकृत कारोबार शुरु

beemaadmin
२०७६ भाद्र २०, शुक्रबार

काठमाडौं । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गरेपछि बुधबारदेखि एकीकृत कारोबार सुरु गरेको छ। धरानमा बुधबार आयोजित एक समारोहमा धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले एकीकृत वित्तीय कारोबारको औपचारिक शुभारम्भ गरेकी थिइन् । मेयर भण्डारीले बैंकहरु एकिकृत भई सबल हुँदा मुलुकको आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने बताईन्।बैंक मर्जरमा गएर व्यवस्थित र बलियो बन्दै देशभर शाखा विस्तार हुँदा जनतालाई वित्तीय कारोबार गर्न सहज हुने बताउँदै उनले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरिन्।
नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक रोशन कुमार सिग्देलले बैंकहरु जनताको पूँजीबाट सञ्चालन हुने भएकाले जनताको पूँजीको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे।उनले बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिशनले जनताको पूँजीलाई सदुपयोग गर्दै आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरे।उनले वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमा जाँदा कर्मचारीको काम गर्ने शैली तथा वातावरण फरक पर्ने भएकाले कर्मचारी व्यवस्थापन लगायतका पक्षहरुमा विशेष ध्यान दिन आग्रह गरे।
ग्लोबल बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा एक्विजिशनका माध्यमबाट सबल र सक्षम वित्तीय संस्था बनाउने नीति अनुरुप हाथवे फाइनान्सलाई एक्विजिशन गरेको बताए।उनले बैंकले विभिन्न समयमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा एक्विजिशन गर्दै बैंक सबल बन्दै अगाडि बढ्दै गइरहेको बताए।
कार्यक्रममा हाथवेका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले प्राप्ति पश्चात शेयर होल्डर तथा कर्मचारीले उचित सम्मान पाउने जानकारी दिए।हाथवे प्राप्तिपछि ग्लोबलको चुक्ता पूँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुगेको छ। यसका अतिरिक्त बैंकको शाखा सञ्जाल १४५, कूल निक्षेप १ खर्ब २७ अर्ब र कूल कर्जा १ खर्ब १९ अर्ब भन्दा बढी पुग्नेछ भने ग्राहक संख्या ११ लाख भन्दा बढी पुगेको छ।

सम्बन्धित समाचार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८३ बैशाख ८, मंगलवार

सीईओ दिवसको म्याद ४ वर्षका लागि थपियो

beemaadmin
२०८३ बैशाख ८, मंगलवार

अब कर्मचारीलाई १५–१५ दिनमा तलब

beemaadmin
२०८३ बैशाख ७, सोमबार