free website hit counter

घट्यो निफ्राको नाफा

beemaadmin
२०७८ श्रावण २२, शुक्रबार

काठमाण्डौ । इतिहासकै सबैभन्दा ठूलो आईपीओ बिक्री गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को खुद नाफा घटेको छ। गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार निफ्राको नाफा अघिल्लो वर्ष यही अवधिको तुलनामा १.२६ प्रतिशतले घटेको हो। समीक्षा अवधिसम्म बैंकले ८३ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष खुद नाफा ८४ करोड ७१ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ७।९२ बढेको छ। अघिल्लो वर्ष १ अर्ब १० करोड रुपैयाँ रहेको यस्तो मुनाफा समीक्षा अवधिसम्म बढेर १ अर्ब १८ करोड रुपैयाँ भएको छ। बैंकको खुद ब्याज आम्दानी पनि ८।३६ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब २३ करोड रुपैयाँ रहेको थियो।
बैंकको रिजर्भको आकार ४६।८५ प्रतिशतले बढेर २ अर्ब ४० करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिसम्म बैंकले ३० करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ करोड ४३ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ७.०६ रुपैयाँबाट घटेर ५.३८ रुपैयाँमा झरेको छ। पीई रेसियो ९२.१२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार