free website hit counter

घट्यो पेट्रोल, डिजलको मूल्य

beemaadmin
२०८१ असार ३, आईतवार

काठमाण्डौ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य पुनः घटेको छ । नेपाल आयल निगमको शनिवार बसेको सञ्चालक समितिको बैठकले इण्डियन आयल कर्पोरेसनबाट आएको नयाँ मूल्यसूचिअनुसार इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । सो बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको छ । मूल्य समायोजनपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ भने सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ रुपैयाँमा सीमित भएको छ । यसैगरी, डिजल र मट्टीतेलको मूल्य काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२ रुपैयाँ, सुर्खेत र दाङ वरपर १५१ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

सम्बन्धित समाचार