free website hit counter

घुम्ती बीमा तथा सचेतना कार्यक्रम सम्पन्न

beemaadmin
२०७८ मंसिर २९, बुधबार

काठमाडौं। व्यवसाय विस्तारसँगै आम मानिसमा बीमा चेतना फैलाउने उद्देश्य लिएको एनएलजी इन्स्योरेन्स कम्पनीले पोखरामा घुम्ती बीमा तथा बीमा सचेतनासम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको क्षेत्रिय कार्यालय पोखराको आयोनजामा गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका, घाचोकमा कृषि तथा पशु पंछी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ । स्थानीयबासीको बाक्लो उपस्थिति तथा किसानहरुको सहभागितामा सम्पन्न कार्यक्रममा कृषकहरूले बीमाको सम्बन्धमा जिज्ञाशा राख्नुका साथै बीमा गर्ने प्रक्रियाबारे जानकारी लिएका थिए । सो छलफल कार्यक्रम पश्चात् घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त घुम्ती बीमा सेवा कार्यक्रममा दर्जनौं किसानहरुले बीमा सेवा लिएको कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार