free website hit counter

घोराही सिमेन्टको नाफामा पहिरो

beemaadmin
२०८० फाल्गुन २, बुधबार

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.४० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो। बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ करोड ५४ लाख रुपैयाँ धनात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४१ करोड ८४ लाख रुपैयाँ ऋणात्मक भएको छ। कम्पनीको अन्य आम्दानी घटेको र खर्च बढेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४६.७७ प्रतिशत घटेको छ भने अन्य आम्दानी ९८.८७ प्रतिशत घटेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ४५ पैसा रहेको छ। ४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार