free website hit counter

चन्द्रागिरी हिल्सको नाफा बढ्यो

beemaadmin
२०८१ माघ २९, मंगलवार

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको सञ्चालन आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण खुद नाफा सामान्य बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७.६५ प्रतिशत घटेर ४२ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ८.३१ प्रतिशत घटेको छ भने कुल खर्च ०.८२ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ३१.७७ प्रतिशत घटेको छ। जसका कारण कम्पनीको खद नाफा बढ्न पुगेको हो। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४७ पैसा बढेर ८ रुपैयाँ ६७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०१ रुपैयाँ ८४ पैसा रहेको छ। १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ४१ लाख ९५ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार