free website hit counter

चरणबद्ध आन्दोलनमा नेपाल लाइफका कर्मचारी

beemaadmin
२०७९ पुष ४, सोमबार

काठमाडौं । व्यवस्थापनको भद्रगोल रहेको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफले खाइपाइ आएको तलब, सेवा सुविधाहरु कटौती गरेपछि कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्वतन्त्र कर्मचारी युनियनले श्रमजीवी कर्मचारीहरुको वृत्तीविकासमा नै प्रत्यक्ष असर गर्ने गरी ल्याइएको केपिआइ ‘प्रमुख प्रदर्शक सूचक’ खारेजको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । केहि व्यक्तिहरुबाट भएको व्यक्तिवादी प्रवृत्ति अन्त्य गर्न आन्दोलन गर्नु परेको युनियनले जनाएको छ । युनियनले पुस एक गते देशभरका क्षेत्रीय, शाखा तथा उपशाखा कार्यालयका साथै प्रधान कार्यालयका सम्पुर्ण कर्मचारीहरुलेक कालो पट्टी बाधेर विरोध जनाएका थिए । उनिहरुले कम्पनीबाट खोसिएको अधिकार तथा जायज मागहरुका लागि विरोध प्रदर्शन गरेका थिए । युनियनका पदाधिकारीहरुले हरेक दिन एक घण्टा प्रधान कार्यालयमा धर्ना दिने कार्यक्रम अनुरुप आज पनि विरोध प्रदर्शन गरेका छन् । युनियनले आज पनि पहिलो दिनको विरोध कार्यक्रमलाई निरन्तरता दिदै सम्पुर्ण विभागिय प्रमुख तथा व्यवस्थापन टोलिहरुलाई पहिलो एक घण्टा कार्यकक्ष प्रवेशमै रोक लगाएका छन् । आजै उपत्यकाभित्रका सम्पुर्ण शाखा प्रमुखहरु सहित प्रधान कार्यालयको प्राङ्गणमा शान्तिपुर्ण धर्ना दिएका छन् ।

सम्बन्धित समाचार