free website hit counter

चाइनाले पायो नोट छाप्ने जिम्मा

beemaadmin
२०७६ आश्विन २९, बुधबार

काठमाडौं । बेइजिङ्गस्थित चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिनटिङ्ग कर्पोरेशनलाई एक हजार रुपैयाँ दरका ३१ करोड थान नयाँ नोट छाप्ने जिम्मा नेपाल राष्ट्र बैंकले सुम्पिएको छ । बैंकले तीन खर्ब १० करोड रुपैयाँ बराबरको एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्न तथा नोट डिजाइन, छपाई तथा आपूर्तिको लागि बेइजिङ्गमा रहेको चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिनटिङ्ग कर्पोरेशनसँग सम्झौता गरेको नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकले असोज १२ गते चिनियाँ कम्पनीसँग ९१ लाख ९० हजार अमेरिकी डलर लागतमा एक हजार रुपैयाँ दरका ३१ करोड थान नयाँ नोट छाप्ने सम्झौता गरेको जनाएको छ। राष्ट्र बैंकले नयाँ नोट छपाइको लागि गत असारमा बोलपत्र आब्हान गरेको थियो।

यस्तो छ राष्ट्र बैंकको पत्र

सम्बन्धित समाचार