free website hit counter

चारवटा निर्जिबन बीमा कम्पनी हकप्रदको लाइनमा

beemaadmin
२०८१ आश्विन १४, सोमबार

काठमाडौं । बीमा कम्पनीहरुलाई पुँजी बृद्धि गर्ने बाटो खुलेको छ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ र पुनर्बीमा कम्पनीमालाई २० अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो । निर्जीवनतर्फ कुल ५ वटा कम्पनीले हकप्रद निष्कासनको अनुमति मागेकोमा एनएलजीले अनुमति पाइसकेको छ । अब ४ वटा कम्पनी बोर्डको पाइपलाइनमा छन् । नेको इन्स्योरेन्सले कायम चुक्तापुँजीको २५ प्रतिशत अर्थात् १ः०.२५ अनुपातमा हकप्रद जारी गर्न अनुमति मागेको छ । बोर्डबाट स्वीकृती पाएमा कम्पनीले ५० करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । यसका साथै प्रभु इन्स्योरेन्सले पनि कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात् १ः०.५०१५ अनुपातमा ८३ करोड ५० लाख १३ हजार रुपैयाँ बराबरको ८३ लाख ५० हजार १३५ कित्ता हकप्रद जारी गर्न अनुमति मागेको हो । यता नेपाल इन्स्योरेन्सले पनि चुक्तापूँजी बढाउनकै लागि कायम चुक्तापुँजीको ४० प्रतिशत हकप्रद जारी गर्न सेबोनसँग अनुमति मागेको छ । कम्पनीले १०ः४ अनुपातमा हकप्रद जारी गर्न गत असार २४ गते सेबोनमा निवेदन पेश गरेको थियो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । यसका साथै युनाइटेड अजोड इन्स्योरेन्सले पनि १५ प्रतिशत हकप्रद निष्कासनको लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता हकप्रद जारी गर्न सेबोनसँग स्वीकृति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

सम्बन्धित समाचार