free website hit counter

चिनिया कोरोना भ्याक्सिनले पायो डब्ल्यूएचओबाट अनुमति

beemaadmin
२०७७ आश्विन ११, आईतवार

एजेन्सी । विश्वका सबैजसो विकसित मुुलुकहरुले कोरोनाविरुद्धको भ्याक्सिन तयार गर्न दिनरात खटिरहेका छन् । तीन चार चरणको परीक्षण सफल भएका थुप्रै खोप अन्तिम परीक्षणको तयारीमा हरेका बेला चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अव सर्वसाधारणमा लगाउन सकिने भएको छ।

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सो भ्याक्सिन सर्वसाधारणमा लगाउन अनुमति दिएको जनाएका छन्।
चिनियाँ सरकारी कम्पनी सिनोफार्माले विकास गरेको सो भ्याक्सिनले अनुमति पाएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्। डब्ल्यूएचओले आपताकालिन अवस्थामा सो भ्याक्सिन सर्वसाधाणमा लगाउन सकिने अनुमति दिएको हो। विश्वभर कहर मच्चाइरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सर्वसाधारणमा उपयोग गर्न पाउने पहिलो मुलुक चीन बनेको छ। चीनबाटै सो भाइरस विश्वभर फैलिएको थियो। यसअघि रुसले पनि भ्याक्सिन बनाएको घोषणा गरेको थियो।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार