free website hit counter

छिमेक लघुवित्तले बढायो नाफा

beemaadmin
२०७९ कार्तिक २०, आईतवार

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले ३२ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५३।७१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २१ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ५२।७४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३० करोड ५७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ४६ करोड ६९ लाख रुपैयाँ भएको छ। पहिलो त्रैमासमा संस्थाले ७३ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ५३ करोड ३८ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि ३८।६२ प्रतिशतले उकालो लागेको छ।
चुक्तापुँजी २ अर्ब ३२ करोड रुपैयाँ संस्थाको रिजर्भको आकार बढेर २ अर्ब १४ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ९ अर्ब ९ करोड रुपैयाँमा सीमित थियो। समीक्षा अवधिमा संस्थाले २८ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। पहिलो त्रैमासमा संस्थाको एनपीएल घटेर ०।८१ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल १।०३ प्रतिशत थियो। वार्षिकीकृत संस्थाको ईपीएस बढेर ५६।६४ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ४६।८० रुपैयाँ थियो। पीई रेसियो १७।३९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २७०।३० रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार