free website hit counter

छोराको पहिलो जन्मदिनमा २० लाखको जीवन बीमा उपहार

beemaadmin
२०८३ मंसिर १२, शुक्रबार

काठमाडौं । जन्मदिन, विवाह तथा अन्य विशेष अवसरमा महँगा उपहार र भौतिक सामग्री दिने चलनबीच पछिल्लो समय जीवन बीमा पोलिसी उपहार दिने अभ्यास पनि बढ्दै गएको छ। यस्तै अभ्यासलाई पछ्याउँदै भरतपुरका एक दम्पतीले छोराको पहिलो जन्मदिनमा २० लाख रुपैयाँको जीवन बीमा पोलिसी उपहार दिएका छन्।

रत्ननगर नगरपालिका–१५, कालेश्वर निवासी बलराम थापा मगर र उनकी श्रीमती सपना घलानले छोराको पहिलो जन्मदिनको अवसरमा ‘रिलायबल सर्वसुलभ बाल जीवन बीमा’ पोलिसी उपहार दिएका हुन्। उक्त पोलिसीको बीमाङ्क रकम २० लाख रुपैयाँ रहेको छ।

Advertisement
Advertisement

छोराको उज्ज्वल भविष्य र दीर्घकालीन आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले जीवन बीमा पोलिसी उपहार दिएको दम्पतीले बताएका छन्। जन्मदिन, पास्नी, व्रतबन्धलगायत पारिवारिक समारोहमा भौतिक सामग्री दिनुभन्दा बालबालिकाको भविष्यका लागि आर्थिक आधार तयार गर्नु महत्वपूर्ण हुने उनीहरूको बुझाइ छ।

Advertisement
Advertisement

पछिल्लो समय जन्मदिन तथा अन्य पारिवारिक र सामाजिक अवसरमा बालबालिकालाई जीवन बीमा पोलिसी उपहार दिने अभ्यास विस्तार हुँदै गएको छ। यस्ता अवसरमा प्राप्त हुने दक्षिणा तथा उपहार रकम अनावश्यक खर्च गर्नुको सट्टा बचत र लगानीका रूपमा उपयोग गर्न सके भविष्यमा उच्च शिक्षा, करियर निर्माण तथा अन्य महत्वपूर्ण आवश्यकतामा सहयोग पुग्न सक्ने बीमा अभिकर्ताहरू बताउँछन्।

सम्बन्धित समाचार