free website hit counter

जर्साबमाथि बर्सियो डण्डा

beemaadmin
२०७७ भाद्र १, सोमबार

काठमाडौं । सम्पत्ति र अनुशासन तथा आचारणसम्बन्धी कसुरमा नेपाली सेनाका जर्नेल र कर्नेलसहित तीन जना बर्खास्त भएका छन्। समरी जनरल सैनिक अदालतले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको आरोपमा तीन जनालाई सैनिक सेवाबाट हटाउने फैसला गरेको हो।

सैनिक सेवाबाट हट्नेहरुमा सहायक रथी प्रयोग जबरा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मा छन्। त्यस्तै सह सेनानी लक्ष्मीकान्त खनाल,सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने फैसला पनि सैनिक अदालतले गरेको छ। सह सेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिइएको छ भने महासेनानी राजेन्द्रमणी गिरी र अवकास प्राप्त लेखा सुवेदार कर्मचारी नवराज पाण्डेलाई सफाई दिने फैसला भएको छ।

सैनिक प्रवक्ता सन्तोष बल्लब पौडेलका अनुसार सहायक रथी राणाबाट १ करोड ५२ लाख २७ हजार ३ सय २१ रुपैयाँ र महासेनानी सिलवालबाट १५ लाख ७९ हजार ४ सय ८० रुपैयाँ असुल हुनेछ। राणा भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुनेछन् भने सिलवाल र विश्वकर्मा सरकारी सेवामा अयोग्य हुने छैनन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार