free website hit counter

जीआईसीको आईपिओमा ७ लाखले आवेदन दिए

beemaadmin
२०७७ आश्विन १३, मंगलवार

काठमाडौं । अझै एक दिन आवेदन दिन म्याद बाँकी रहँदै जनरल इन्स्योरेन्सको आईपिओमा अहिलेसम्मको सबैभन्दा धेरै झण्डै ७ लाखको आवेदन परेको छ । जनरल इन्स्योरेन्स कम्पनीले जनाए अनुसार आज साँझसम्म कूल ६ लाख ८१ हजार ३ सय ७३ जनाले आवेदन दिएका छन् ।

हालसम्म कूल १ अर्ब ९१ करोड ६१ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड ९१ लाख ६१ हजार ९ सय ९० कित्ताका लागि आवेदन परेको छ । सो संख्या माग भन्दा ७ गुणा बढि आवेदन हो । यसअघि रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओमा सबैभन्दा बढि छ लाख १८ हजारको आवेदन परेको थियो ।

कूल दुई लाख ७३ हजार जनाले १० कित्ताको दरले पाउने आईपिओमा झण्डै पाँच लाख मानिसको हात खाली हुने देखिएको छ । जनरल इन्स्योन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन गरेकोमा कर्मचारी र म्युचुअल फण्डहरूलाई बाँढेर बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणले पाउनेछन् । उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरिरहेको छ ।

सम्बन्धित समाचार