free website hit counter

जीवन बीमाको ४४ प्रतिशत हिस्सा बागमतीमै

beemaadmin
२०८२ असार १८, बुधबार

काठमाडौं । जीवन बीमा व्यवसायको ठूलो बजार बागमती प्रदेश देखिएको छ। अन्य प्रदेशको तुलनामा बागमतीबाट जीवन बीमकले धेरै व्यवसाय भित्र्याएको देखिन्छ।बीमकहरुले बागमती प्रदेशबाट मात्रै ६८ अर्ब ७९ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यवसायको ४४.३४ प्रतिशत हिस्सा हो। यसैगरी कम्पनीहरुले दोस्रो धेरै व्यापार लुम्बिनी प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट कम्पनीहरुले २४ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको १५.६९ प्रतिशत हिस्सा रहेको छ। तेस्रो धेरै व्यापार कोशी प्रदेशमा रहेको देखिन्छ। कम्पनीहरुले कोशीबाट १८ अर्ब ७८ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको १२.११ प्रतिशत हिस्सा हो। यसैगरी जेठसम्म कम्पनीहरुले गण्डकी प्रदेशबाट १५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ, मधेश प्रदेशबाट १३ अर्ब ८३ करोड ७९ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ९ अर्ब ४१ करोड ३२ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ४ अर्ब ३५ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा गण्डकीको हिस्सा १०।०७ प्रतिशत, मधेश प्रदेशको ८.९२ प्रतिशत, सुदूरपश्चिमको ६.०७ प्रतिशत र कर्णालीको २।८० प्रतिशत हिस्सा रहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार