free website hit counter

जीवन बीमा गरीबको पनि अधिकार हो : अर्थमन्त्री

beemaadmin
२०७६ फाल्गुन २९, बिहीबार

काठमाडौं । बीमा पैसा भएकाहरुका लागि मात्रै आवश्यक होइन यसले सबैलाई समेट्नुपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । बीमा पैसा भएकाहरुका लागि मात्रै आवश्यक नहुने उनको भनाई छ । गरिब होस्, धनि होस् सबैलाई बीमा आवश्यक छ । आफ्नो जीवन बीमा गर्न पाउनु गरीबको पनि अधिकार हो । त्यहि भएर सरकारले निश्चित रकम सम्मको बीमा निशुल्क गरिदिने निर्णय गरेको छ, अर्थमन्त्री खतिवडाले बताए ।
अर्थ समितिमा बीमा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलमा संशोधनका विषयमा उठेका जिज्ञासालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । बीमालाई कुन बर्गको लागि हो भनेर परिभाषित नगर्न उनले आग्रह गरे । बीमा सबैका लागि आवश्यक हो भन्दै अर्थमन्त्रीले, यो सबैका लागि हो । जोखिम बहन गर्न नसक्नेहरुका लागि बीमा अझ बढी आवश्यकता हो । त्यो बीमाको प्रीमियम तिर्न नसक्नेका लागि राज्यले सहयोग गर्ने हो । बीमालाई कुनै वर्ग विशेषको, धनी र गरीबको आँखाले हेरिनु नहुने उनको भनाई छ । सरकारले राजस्व पनि उठाउनु पर्छ र त्यसको सहि सदुपयोग पनि गर्नु पर्छ । सेवा लिन नसक्नेहरुका लागि, वीत्तिय पहुँच नपुग्नेहरुका लागि राज्यले संरक्षण दिएको छ । त्यस्तै, अर्थमन्त्री खतिवडाले बीमालाई सेवामूलक व्यवसायका रुपमा हेरिनु पर्ने बताएका छन् । बीमा पैसा हुनेका लागि मात्रै नभई सबै वर्गका लागि आवश्यक हुने उनको भनाई छ ।

सम्बन्धित समाचार