free website hit counter

ज्योति लाइफको नाफा ७१ प्रतिशतले बढ्यो

beemaadmin
२०७९ बैशाख २६, सोमबार

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको नाफा बढेर २० करोड ६५ लाख माथि पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले झण्डै ७१ प्रतिशत (७०.९९ प्रतिशत) ले नाफा वृद्धि गर्दै २० करोड ६५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १२ करोड ७ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ६१।९१ प्रतिशतले बढेर ५ अर्ब ६६ करोड १८ लाख २७ हजार रुपैयाँ पुगेको छ । यस्तै, खुद बीमा शुल्क आर्जन १२।७९ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा ज्योति लाइफको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०६ पैसाले बढेर वार्षिक ११ रुपैयाँ ३८ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ०९ पैसा रहेको छ ।

सम्बन्धित समाचार