काठमाण्डौ । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत९सीईओ० पदमा कपिल ढकाल नियुक्त भएका छन् । कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।यसअघि उनी कम्पनीको कायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । उनी कम्पनीको गत मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकबाट यसअघि कायम मुकायम सीईओमा नियुक्त भएका थिए । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् पनि हुन् । उनले डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका छन् ।