काठमाडौं । ज्योति विकास बैंकले सेयर धनीहरुलाई अधिकतम १५.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र ४।५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र ज्योतिको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।