काठमाडौं । लगातारको वर्षाले देशभर बाढी तथा पहिरो जानेक्रम जारुी छ । काठमाडौंकै टोखामा पहिरोमा परी जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको छ।
टोखा नगरपालिका १ तासीडाँडामा मंगलबार पहिरो खस्दा तीन वर्षीया जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले बताएको छ ।
मृत्यु हुनेमा सचिन रानामगर र सन्ध्या रानामगर छन्। काम सकेर आमाबुबा टहरोमा खाना खाँदै गर्दा खेल्दै गरेका बच्चमाथि पहिरो खसेको थियाृ । उनीहरूका आमाबुबा मजदूर हुन्।