free website hit counter

डिजिटल भुक्तानीमा सिद्धार्थको प्रोत्साहन

beemaadmin
२०७६ फाल्गुन ३, शनिबार

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यसहित ‘सिद्धार्थ सपरच्युनिटी’ विशेष छुट योजना ल्याएको छ । यो छुट योजना यहि फाल्गुन १, २०७६ देखि सीमित अवधिका लागि मात्र ल्याइएको बैंकले जनाएको छ ।
यस योजनामा ग्राहकहरुले दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५ प्रतिशतसम्म (अधिकतम ५००ं) छुट पाउनेछन् । पहिलो दुई पटक १,००० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ५०० क्यास ब्याक हुने बताइएको छ । पहिलो दुई पटक १,००० वा सो भन्दा बढि रकमको पीओएस मेसिनमार्फत् कारोबार गर्दा ३८२ क्यास ब्याक हुने व्यवस्था छ । यस्ता छुट र क्यास ब्याक अफर योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र अनलाइन कारोकारलाई अझै प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
आफ्ना ग्राहकहरूको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट योजना दिदैं आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ ।

सम्बन्धित समाचार