काठमाडौं। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
लघुवित्तको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांशमध्ये ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभांश भने कर प्रयोजनका लागि वितरण गरिने कम्पनीले जनाएको छ।
सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।
लक्ष्मी लघुवित्तले पछिल्ला तीन आर्थिक वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गरेको थिएन। कम्पनीले पछिल्लोपटक आर्थिक वर्ष २०७८/७९ मा लाभांश वितरण गरेको थियो। उक्त वर्ष कम्पनीले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिएको थियो।
तीन वर्षपछि लाभांश घोषणा गरेको कम्पनीको यस निर्णयले सेयरधनीलाई केही राहत दिने देखिएको छ।