free website hit counter

तेस्रो जन्मदिनमा बीमा पोलिसी उपहार

beemaadmin
२०८२ भाद्र २२, आईतवार

काठमाडौं । पछिल्लो समयमा अनावश्यक खर्चहरुलाई घटाइ विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने क्रम बढ्दै गएको छ । जीवन आफैमा महत्त्वपूर्ण छ । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा त्रिवेणी गाउँपालिका १, रिखेबजार निवासी गणेश खत्रीले छोरा भिजन खत्रीको जन्मदिनको अवसरमा सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी सल्यान शाखाबाट जारी नौलो बाल जिवन बीमा योजना पोलिसी उपहार दिएका हुन् । छोराको भविष्य सुनिश्चित गर्न ३ औं जन्मदिनको अवसरमा १० लाख रुपैयाँको नौलो बाल जिवन बिमा योजनाको बीमा पोलिसी उपहार स्वरुप दिएको खत्रीले बताए । नौलो बाल जिवन बीमा योजनामा बीमितकोबीमा गर्दा प्रस्ताबको पनि जोखिम बहन हुने विभिन्न उत्कृष्ट ऐछिक सुबिधाहरु रहेको र उक्त बिमा योजनामा धेरै सुबिधाहरु रहेको साथै आम नागरिकमा बीमा प्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको बिशेष गरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियान जस्तै भइरहेको छ। आफ्नो सन्तानको सुरक्षित भविष्यको लागि हरेक बुवा आमाले समयमा नै जीवन बीमामार्फत सुरक्षित गर्ने क्रम जन्मदिनलाई पार्न थालिएको कम्पनीका सल्यान शाखा प्रमुख भरत रोकायले जानकारी दिए ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार