काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्ने क्रममा रहेको छ । दिनदिनै सयौंको संख्यामा संक्रमित थपिने क्रममा छन् । बितेको २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेको बताएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० हजार ७२८ पुगेको छ । यसैगरी बितेको २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ हजार ३३८ पुगेको छ । बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरीएको छ । अहिले सम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ । आरडिटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ । अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
कैलाली- १५१
कञ्चनपुर-८६
दाङ-७६
डोटी-४८
रौतहट-४४
अछाम-२३
सर्लाही-२१
धनुषा-२०
पाल्पा- १५
सुर्खेत- १४
महोत्तरी- १२
झापा- ११
प्युठान- १०
बाग्लुङ- ९
कास्की- ९
बाँके- ९
बाजुरा- ७
स्याङ्जा- ७
सप्तरी- ६
बैतडी- ५
लमजुङ- ५
नवलपुर- ५
गुल्मी- ५
दैलेख- ४
गोरखा- ३
पर्वत- २
धादिङ- २
काठमाडौं- १
भक्तपुर- १
सुनसरी -१
मोरङ- १
चितवन- १
तनहुँ- १
पर्वत- १
कपिलवस्तु- १
रुपन्देही- १
बर्दिया- १
जाजरकोट- १
कालीकोट- १