काठमाडौं । कोरोना संक्रमणको दर हेर्दा अब अवस्था सहज छैन भन्ने स्पष्पट देखाएको छ । लकडाउन खुकुलो छ । सबैतिर चहलपहल बढेको छ । अब परीक्षणको दायरा र सजगता बढाउन आवश्यक देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ सय ७१ कोरोना संक्रमित थपिएको पुष्टि गरेको छ । बिहीवार नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ६ सय ७१ संक्रमित थपिएको जानकारी दिएका छन् । यससँगै नेपालमा जम्मा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।
विराटनगरमा गरिएको परीक्षणमा झापाका २, मोरङका १ जनामा संक्रमण देखिएको छ भने काठमाडौँमा गरिएको परीक्षणमा अछाम ४२, बैतडी २५, बाजुरा ४१, भक्तपुर ३, डडेलधुरा ८४, कैलाली २१, कपिलवस्तु १६, काठमाडौँ २, नुवाकोट २, रौतहट ३४, रुपन्देही ३, सर्लाही २, सिन्धुपाल्चोक १, ललितपुर १, नवलपरासीका १, महोत्तरी १ जनामा कोरोना पोजिटिभ देखिएको छ । टेकुमा गरिएको परीक्षणमा सिन्धुलीका १ जनामा संक्रमण देखिएको छ । भरतपुरमा गरिएको परीक्षणमा पर्वत ५, चितवन १, नवलपरासी पूर्वका १ जनामा संक्रमण देखिएको हो । त्यस्तै धुलिखेलमा गरिएको परीक्षणमा धनुषा २९, बाग्लुङ १, मनाङ १, नवलपरासी पूर्व ३०, स्याङ्जा ९, पर्वत ४, तनहु १५, गोर्खाका ११ जनामा संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मी ३, कपिलवस्तु १, पाल्पा ६, रुपन्देही ९, रोल्पा १, नवलपरासी १, अर्घाखाचीका ९७ जनामा संक्रमण देखिएको छ भने भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँके ३, बर्दिया ३, कैलाली १, दैलेख १ जनामा संक्रमण देखिएको छ भने राप्तिमा गरिएको परीक्षणमा दाङका ४ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ८६, सुर्खेतका ३४ जनामा संक्रमण देखिएको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछाम २, बझाङ २, कंचनपुर २, कैलाली २०, डोटीका ५ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देखिएको संक्रमण हालसम्मकै उच्च हो । यससँगै पछिल्लो २४ घण्टामा १९ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको जम्मा संख्या ११ सय ८६ रहेको छ ।