काठमाडौं । दराजले नव वर्षको भव्य सेल ‘दराज नव वर्ष २०७८ नयाँ रहर नयाँ अफर’ सार्वजनिक गरेको छ । यहि चैत २९ गतेबाट सुरु हुने सेल वैशाख ७ गतेसम्म चल्ने दराजले जनाएको छ । नयाँ वर्षको भव्य सेलमा विभिन्न सामानमा विशेष छुटका साथै बम्पर उपहार प्रदान गर्ने जनाएको छ । दराजले विभिन्न सामान जस्तै घरायसी सामानहरू, ग्याजेट, फेशन, किराना लगायतमा विशेष छुटको घोषणा गरेको छ । त्यसैगरी पूर्व–भुक्तानी गर्दा पनि छुट दिने दराजले जनाएको छ । दराजले डेविट तथा क्रेडिक कार्ड प्रयोगकर्ताका लागि पनि विशेष छुट दिने भएको छ । जसमा बैंकका कार्डमार्फत सामान खरिद गर्ने ग्राहकले १५ देखि २० प्रतिशतसम्मको छुट पाउने भएका छन् । दराजमा सामान खरिद गर्ने नबिल, सानिमा, एनएमबि, मेगा, माछापुच्छ्रे, सनराइज, एआईसी एशिया, कुमारी, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन बैंकका ग्राहकले १५ देखि २० प्रतिशतसम्मको छुट पाउने भएका हुन् ।
ग्राहकहरुले आफ्नो ई–सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि ५ सयसम्मको विशेष छुट पाउन सक्नेछन् । यसबाहेक, भिसा कार्ड प्रयोगकर्ताले दराजमा आफ्नो पहिलो खरीदमा पूर्व–भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन् । यसैगरी एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा सजिलो मासिक किस्तामा लिन सक्ने दराजले जनाएको छ ।