free website hit counter

दाबी भुक्तानी सहज बनाउन बीमा समितिको निर्देशन

beemaadmin
२०७७ असार २६, शुक्रबार

काठमाडौं । दाबी भुक्तानीमा हुने झमेलाका कारण बीमा व्यवसायमाथि नै नकारात्मक प्रचार भइरहेको बेला दाबी भुक्तानी प्रक्रियालाई बिना झन्झट सरल बनाउन नियामक निकाय बीमा समिति सक्रिय भएको छ । बीमा दावी भुक्तानी प्रक्रियालाई छरितो र सरल तरिकाले सम्पन्न गर्ने सम्बन्धमा सुझाव पेश गर्न बीमा समितिले नेपाल बीमक संघ र बीमा सर्भेयर संघ नेपाललाई निर्देशन दिएको छ । बीमा समितिमा दुवै पक्षसँग संयुक्त छलफलपछि बीमा समितिले सुझाव मागेको हो । आर्थिक वर्षको अन्तिम समय भएकोले बीमक संंघको बैठकमा छलफल गरेर मात्रै सुझाव पेश गरिने संघले जनाएको छ । त्यस्तै बीमा सर्भेयर संघ पनि यतिबेला अल्झिएका कामहरु सम्पन्न गर्न अभियानै चलाउने अवस्थामा रहेकोले आगामी साउनको पहिलो साता बीमा समिति समक्ष सुझाव पेश हुने भएको छ । बीमा कम्पनीले दावी भुक्तानी नदिने र सर्भेयरले समयमा काम नगर्ने भन्ने नकारात्मक छाप परेकोले दावी भुक्तानी छिटो छरितो बनाउने सम्बन्धमा दुवै संघसँग सुझाव मागेको हो ।

सम्बन्धित समाचार