free website hit counter

दुई अर्ब उठ्यो म्यादी बीमा शुल्क

beemaadmin
२०७७ असार २५, बिहीबार

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुको सुरक्षाका लागि पुलमार्फत सञ्चालन गरिएको म्यादी बीमा बापत एक अर्ब अर्ब ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । बीमा पुलमार्फत सञ्चालन हुँदै आएको म्यादी बीमा शुल्क चालु आर्थिक वर्ष २०७६।७७ को जेठ मसान्तसम्ममा झण्डै दुई अर्ब उठेको हो । जेठमसान्तसम्ममा चार वटा पुल व्यवस्थापक कम्पनी मध्ये सूर्या लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क ५३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको हो । त्यस्तै, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जसले २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । तेस्रो स्थानमा प्राइम लाइफ इन्स्योरेन्स ले २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै नेपाल लाइफले १८ करोड रुपैयाँ र युनियन लाईफले यस अवधिसम्मा अन्त्यसम्ममा १५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । रिलायवल लाईफले १४ करोड रुपैयाँ, सिटिजन लाईफले १३ करोड रुपैयाँ, सन नेपाल लाईफले १८ करोड ११ लाख रुपैयाँ, सन नेपाल लाईफले ६ करोड रुपैयाँ, आइएमई लाइफले ५ करोड रुपैयाँ, एशियन लाइफले २ करोड रुपैयाँ, ज्योति लाइफले २ करोड रुपैयाँ, रिलायन्स लाइफले २ करोड रुपैयाँ, महालक्ष्मी लाइफले २ करोड रुपैयाँ, गुराँस लाइफले २ करोड रुपैयाँ र प्रभु लाइफले १ करोड रुपैयाँ वैदेशिक रोजगार बीमा माार्फत बीमाशुल्क आर्जन गर्न सफल भएको छ । हाल सञ्चालमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये सानिमा लाइफ, एलआईसी नेपाल, अमेरिकन लाइफ र राष्ट्रिय बीमा संस्थान कम्पनी वैदेशिक रोजगार सम्बन्धी बीमा पुलमा समावेश भएका छैनन् ।

सम्बन्धित समाचार